+
+
Shares

सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापालाई राजनीतिक चड्कन दिएको टिप्पणी गरेका छन्।
  • बस्नेतले सभापति थापाले निर्वाचनअघि प्रधानमन्त्री बन्ने भन्दै चटक देखाएको आरोप लगाउँदै उनको चटकेको रङ अब उड्ने बताएका छन्।
  • सर्वोच्चको पछिल्लो आदेशपछि कांग्रेस पुरानै अवस्थामा फर्किएकाले अबको सभापति शेरबहादुर देउवा नै भएको उनले जिकिर गरेका छन्।

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापालाई पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले चड्कन लगाएको टिप्पणी गरेका छन् ।

कांग्रेस सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ को कार्यसमितिले शनिबार आयोजना गरेको जिल्लास्तरीय नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘मैले चड्कनै खोजेको भनेको त होइन, चड्कन राजनीतिक चड्कन खोजेको हो । त्यो चड्कन सर्वोच्च अदालतले दिइसक्यो,’ नेता बस्नेतले भने, ‘सम्मानित अदालतको अस्तिको निर्णयले त्यो चड्कन भेट्टाइसकेको छ ।’

उनले सभापति थापाले निर्वाचन अघि आफू प्रधानमन्त्री बन्ने भनेर चटक देखाएको पनि आरोप लगाए ।

‘चटक देखाएको हो नि । गगन थापाको त्यो चटकेको रङ अब उड्छ । अब फालियो,’ विघटित प्रतिनिधिसभा संसद्को सबैभन्दा ठूलो दलको सभापति र संसदीय दलको नेता हुँदा पनि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नपाएको प्रसंग स्मरण गर्दै उनले भने ।

नेता बस्नेतले सर्वोच्चको पछिल्लो आदेशपछि कांग्रेस पुरानै अवस्थामा गइसकेको र अबको सभापति देउवा नै भएको जिकिर पनि गरे ।

‘अघि नेताहरूले भन्नुभयो– गगन थापालाई सभापति बनाएको प्रक्रिया मिलेन, त्यहाँ त्रुटि भयो, भएन भनेर,’ उनले भने, ‘कांग्रेस त पुरानो अवस्थामा गइसक्यो नि अब । त्यसकारणले अबको सभापति भनेको शेरबहादुर देउवा नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?