२३ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको शृङ्खलाबद्ध आक्रमणको घटनाको छानबनि गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
पलाँता अस्पतालमा शुक्रबार दिउँसो डाक्टर, नर्समाथि कुटपिट र राति फेरि आक्रमण भएपछि उनले घटनाको छानबनि गरेर दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
‘अस्पतालभित्रै पसेर आक्रमण भएको घटनाको तत्काल सम्पूर्ण छानबिन गरी कानुनबमोजिम कारबाही गरियोस्,’ पौडेलले फेसबुकमार्फत भनेका छन्, ‘नागरिकको ज्यान बचाउनेहरूको आफ्नै ज्यान जोखिममा पर्दा सरकारले शान्ति सुरक्षाको व्यवस्थापनमा थप गम्भीरता र संवेदनशीलता देखाओस् ।’
ज्यान हत्केलामा राखेर दूरदराजमा नागरिक सेवामा खटिएका चिकित्सक तथा नर्स लगायतका स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुनु अत्यन्तै दुखद र चिन्ताजनक भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4