+
+
Shares

मधेश सरकारबाट बाहिरिँदै नेकपा, मन्त्रीहरू राजीनामा बुझाउन जाँदै

अर्थमन्त्री संसदीय दलका नेता युवराज भट्टराई, उद्योग पर्यटनमन्त्री कनिष पटेल, गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो र ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री जवाहर कुशवाहा रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनेपछि नेकपाका चार मन्त्रीले सरकारबाट राजीनामा दिन तयारी गरेका छन्।
  • नेकपा संसदीय दलको भर्चुअल बैठकले प्रचण्डको निर्देशनपछि सरकारबाट बाहिरिने निर्णय गरेको एक सांसदले बताए।
  • एमालेले जसपा र नेकपासहित नयाँ समीकरण बनेको दाबी गरे पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यो दाबी अस्वीकार गरेका छन्।

२० कात्तिक, जनकपुरधाम । मधेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाली कम्युनिस्ट पार्टी नेकपाका मन्त्रीहरू राजीनामा दिन तयारी गरेका छन् ।

एक सांसदका अनुसार केहीबेर अगाडि नेकपा संसदीय दलको भर्चुअल बैठक भएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पश्चात भएको भर्चुअल बैठकमा सरकारबाट बाहरिने निर्णयमा गरेको हो ।

केही बेरपछि नेकपाका चार मन्त्रीले मधेस प्रदेश सरकारलाई राजीनामा पत्र बुझाउने तयारीमा छन् । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।

अर्थमन्त्री संसदीय दलका नेता युवराज भट्टराई, उद्योग पर्यटनमन्त्री कनिष पटेल, गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो र ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री जवाहर कुशवाहा रहेका छन् ।

गत असोज ३० गते मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि सरकार अल्पमतमा छ । यद्यपि नेकपाले कांग्रेसको मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई काँध थापिरहेको थियो ।

मधेश सरकारलाई अब विश्वासको मत लिन ८ दिन मात्र बाँकी रहेको छ ।

मधेशमा नेकपा एमालेले जसपा र नेकपा सहितको नयाँ समीकरण बनेको दाबी गरेको छ ।

एमाले संसदीय दलका नेता सरोज कुमार यादवले केन्द्रमै तीन दलका शीर्ष नेता बसेर नयाँ समीकरण बनेको अनलाइनखबरलाई आज बिहान बताएका थिए ।

तर, जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव भने उक्त कुरा सही नभएको दाबी समेत समाजिक सञ्जालमा टिप्पणी गरेका छन् । यद्यपि जसपाभित्र पनि समीकरण बनेको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?