+
+
Shares

नेकपा लुम्बिनी इन्चार्ज भन्छन्– ओलीले कम्युनिस्ट एकता भंग गराए

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चक्रपाणि खनालले अन्तर्राष्ट्रिय घटनाक्रम र आन्दोलनले नेपालका वामपन्थी पार्टीहरू निराश हुनु नपर्ने बताएका छन्।
  • उनले ब्राजिलमा कम्युनिस्ट नेता चौथोपटक राष्ट्रपति निर्वाचित भएको घटना नेपालका वामपन्थीका लागि सकारात्मक भएको बताए।
  • खनालले जेनजी आन्दोलनपछि पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने र नबढाए नेकपा एकाध जिल्लामा सीमित हुन सक्ने बताए।

१२ कात्तिक, बुटवल । नेपाली कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल बलदेवले अन्तर्राष्ट्रिय घटनाक्रम र आन्दोलनहरूले नेपालका वामपन्थी पार्टीहरू निराश हुनु नपर्ने टिप्पणी गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीको दुई महिने जागरण अभियानको बुटवलमा उद्घाटन गर्दै उनले विश्वव्यापी रुपमा पूजिवाद भन्दा कम्युनिस्टहरुले  अंगिकार गरेको समाजवाद ठीक रहेछ भन्ने मान्यता स्थापित हुँदै गएको बताए ।

ब्राजिलमा चौथो पटक कम्युनिस्ट नेता राष्ट्रपतिमा निर्वाचित भएका र लाखौं जनता विजयउत्सव मनाउन सडकमा उत्रिएको घटना नेपालका वामपन्थीका लागि सकारात्मक भएको बताए ।

दीपक भट्ट जस्ता बिचौलियालाई प्रयोग गरेर केपी ओलीले नेपालमा कम्युनिष्ट एकता र कम्युनिष्ट सरकार भताभुङ्गर बद्नाम बनाएको खनालको आरोप छ ।

खनालले जेनजी आन्दोलनले विश्वव्यापी रुपमा पुराना दल र नेतृत्वप्रति राम्रो काम गरेको भएपनि जबरजस्त नकारात्मक धारणा स्थापित गरिदिएका कारण अब पार्टीमा युवाहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।

पार्टीमा युवा पंक्ति नबढाउने हो भने नेकपा पनि मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे, मोहन वैद्यको पार्टी जस्तो खुम्चिएर एकाध जिल्लामा सीमित हुनुपर्ने जोखिम रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?