News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले दुई तिहाई सरकारबारे टिप्पणी भइरहँदा आफूहरू तमासा मात्रै हेरेर नबस्ने बताएका छन्।
- पार्टीले आजबाट दुई महिने राष्ट्रिय जागरण अभियान शुरू गरेको छ।
- नेपालले अभियानमार्फत जनताबीच गएर आकांक्षा र गुनासा सुनेर आत्मसमीक्षा गर्ने बताएका छन्।
७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले दुई तिहाईको सरकारबारे विभिन्न खालका टिप्पणी भइरहँदा आफूहरू तमासा मात्रै हेरेर नबस्ने बताएका छन् ।
पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यो सरकार दुई तिहाइको छ, यसले जिम्मेवार ढंगले मुलुक चलाउनेछ । जनताका इच्छा आकांक्षालाई पूरा गर्नेछ । देशको स्वाभिमानको रक्षा गर्नेछ, लोकतन्त्र र गणतन्त्रलाई जोगाउनेछ, सुदृढ गर्नेछ भन्ने थियो,’ नेपालले भने, ‘तर अनेकौं खालको कुरा देखिरहँदा स्वभाभिक रुपमा हामी तमासी भएर बस्न सक्दैनौं ।’
सोही कारण पार्टीले दुई महिने अभियान सञ्चालन गर्न लागेको उनको भनाइ थियो । साथै, जनताकाबीचमा गएर जनताका आकांक्षादेखि गुनासासम्म सुन्ने र त्यसलाई आत्मसमीक्षा गर्ने नेपालको भनाइ छ ।
‘यो सबै कुराको बीचमा हामीले सोच्यौं, अभियान चलाऔं, जनताकाबीचमा जाऔं । गाउँ, वडा केन्द्रीत बनौं । जनताका के भनाइहरू छन् । आशा आकांक्षा, गुनासा के के छन् ती सबै सुनौं,’ नेपालले भने, ‘त्यसको सबै समीक्षा गरौं भन्ने सोच राखेर यो अभियान सुरु गर्न गइरहेका छौं । वृहत कार्यकर्ता भेला गर्दै हामीले योजना बनाएका छौं । त्यसमार्फत पनि सन्देश सम्प्रेषण गर्नेछौं ।’
प्रतिक्रिया 4