News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले शनिबारदेखि मंसिर २५ गतेसम्म चल्ने दुई महिने राष्ट्रिय जागरण अभियान सुरू गरेको छ।
- अभियानको उद्देश्य सदस्यता नवीकरण, समायोजन, महाधिवेशन तयारी र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारी गर्नु हो।
- पार्टीले राष्ट्रिय स्वाधीनता, जनजीविका, महँगी र विपद्पछिको उद्धार तथा पुनर्स्थापनाबारे सरकारलाई खबरदारी गर्ने बताएको छ।
७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय चुनाव र प्रदेशको केन्द्रित अभियानमा लागेको छ । यो पार्टीले शनिबारबाट दुई महिने राष्ट्रिय जागरण अभियान सुरू गरेको छ ।
आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानको मुख्यत: तीन वटा उद्देश्य छ ।
पहिलो : पार्टीको सदस्यता नवीकरणदेखि समायोजन प्रक्रिया टुंग्याउने र महाधिवेशनको तयारीलाई अन्तिम रुप दिने ।
दोस्रो : आगामी स्थानीय निर्वाचन र प्रदेशको निर्वाचनको तयारी गर्ने ।
तेस्रो : राष्ट्रिय स्वाधिनताको रक्षा, जनताको जनजिविकाको सवाल, महँगीबारे सरकारमाथि खबरदारी गर्ने । विपद्पछिको उद्धार र खोज तथा पुनर्स्थापनाको विषयमा जागरण पैदा गर्ने ।
२०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने २०७९ साल मंसिर ४ गते प्रदेश सभाको निर्वाचन भएको थियो । संविधानअनुसार स्थानीय तह र प्रदेश सभाका जनप्रतिनिधिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ ।
यसअनुसार २०७९ वैशाख ३० मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल २०८४ वैशाख ३० गते सकिँदैछ । निर्वाचन आयोगले यसैलाई ध्यानमा राखेर तयारी अघि बढाएको छ ।
२०७९ मंसिर ४ मा निर्वाचित प्रदेश सभाको कार्यकाल २०८४ मंसिर चार गते सकिँदैछ ।
यस पृष्ठभूमिमा नेकपाले स्थानीय चुनाव र प्रदेशको चुनावको तयारी अगाडि बढाउने उदेश्यसहित दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको हो ।
प्रतिक्रिया 4