+
+
Shares

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिलिपिन्सको लिपा सहरनजिक शुक्रबार एसएफ-२६० ट्रेनिङ विमान दुईवटा एकआपसमा ठोक्किँदा चारै पाइलटको मृत्यु भएको छ।
  • फिलिपिन्स वायुसेनाले दुर्घटनापछि एसएफ-२६० विमानको उडानमा रोक लगाएर अनुसन्धान पूरा नभएसम्म नउडाउने जनाएको छ।
  • दक्षिण चीन सागरमा चीनसँगको तनावबीच फिलिपिन्सलाई सैन्य आधुनिकीकरणका लागि बजेट जुटाउन चुनौती भइरहेको छ।

७ कात्तिक, काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चारैजना पाइलटको मृत्यु भएको छ।

दुर्घटना स्थानीय समयअनुसार, दिउँसो ३:५१ बजे मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेस नजिकै भएको हो। दुवै ‘एसएफ-२६०’ विमान कम उचाइमा उडिरहेका थिए। एउटा विमानको भग्नावशेष सैन्यकर्मीहरूको ब्यारेक नजिकै खसेको थियो।

फिलिपिन्सको वायुसेनाले एसएफ-२६० विमानहरूको उडानमा रोक लगाएको छ। अनुसन्धान पूरा नभएसम्म यी विमानहरू उडाइने छैनन्। यस वर्ष हावामै विमानहरू ठोक्किएको यो विश्वकै पाँचौँ ठूलो दुर्घटना हो।

फिलिपिन्सले किनेको थियो १८ वटा विमान एसएफ-२६० इटालीमा बनेका ट्रेनिङ विमान हुन्। फिलिपिन्सले सन् २०१०-११ को अवधिमा यस्ता १८ वटा विमान इटालीको कम्पनीसँग किनेको थियो। यिनको प्रयोग वायुसेनाका पाइलटहरूलाई उडानको तालिम दिनका लागि गरिन्छ।

फिलिपिन्सको सेनाले लामो समयदेखि आफ्ना सैन्य सरसामानलाई आधुनिकीकरण गर्ने प्रयास गरिरहेको छ, तर यसका लागि आवश्यक बजेट जुटाउनु चुनौतीपूर्ण बन्दै आएको छ। देशले वायुसेनाका विमानका साथै नौसेना र थलसेनाको क्षमता पनि बढाउनु पर्नेछ।

दक्षिण चीन सागरमा चीनसँग बढ्दो क्षेत्रीय तनावका बीच यो आवश्यकता अझ महत्त्वपूर्ण बनेको छ। सैन्य आधुनिकीकरणका कैयौँ योजनाहरूमा बजेटको अभाव र तिनलाई पूरा गर्न भइरहेको ढिलाइजस्ता समस्याहरू पनि अगाडि आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?