२१ कात्तिक, काठमाडौं । नेपालीहरूको महान चाड तिहारको आज दोस्रो दिन । यमपञ्चकको दोस्रो दिन आज घर घरमा कागपूजा गरेर मनाइएको छ ।
भोलि लक्ष्मीपूजाको दिन हो । लक्ष्मीपूजा अघि काठमाडौं उपत्यकाका सडकमा फूलको माला बेच्नेहरूको भिड देखिन्छ ।
विशेषगरी सयपत्री फूलको माला घरको ढोकामा लगाएर सजाइन्छ । लक्ष्मीपूजाअघि उपत्यकाका विभिन्न चोकमा फूलको माला बेच्ने र किन्नेको भिड छ ।
तिथि घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ भने गोरुपूजा, हलितिहार, गोबद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ ।
यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ ।
थप तस्वीरहरू–











प्रतिक्रिया 4