+
+
Shares

प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १२:५७

२० कात्तिक, काठमाडौं । सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेको सुनुवाइ सकिएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा बिहानदेखि पाण्डेको सुनुवाइ भएको हो ।

पाण्डेको सुनुवाइ सकेर सिमितिले गोकर्ण डाँगीको सुनुवाइ सुरु गरेको छ । डाँगीले समितिमा कार्ययोजना पेस गर्दैछन् । त्यसपछि सांसदहरको प्रश्नको जवाफ दिनेछन् ।

डाँगीको विरुद्धमा विभिन्न ७ वटा उजुरीहरू परेका छन् । जसमा ५ जनाले सबैविरुद्ध उजुरी दिएका छन् ।

असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा चार न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

चारमध्ये दुई जनाको शुक्रबार सुनुवाइ भइसकेको छ। शुक्रबार डा.रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?