+
+
Shares

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते २०:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ।
  • सक्रिय सदस्यको इन्ट्री भएकाले तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाउनुपर्ने र फोटो छुटेमा त्यही मितिसम्म उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ।
  • स्वीकृत सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन हुने र मंसिर १ गतेभित्र दाबी विरोध तथा नाम सच्याउने मिति तोकिएको छ।

२० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ ।

राप्रपाको बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको उक्त निर्णय गरेको हो ।

सक्रिय सदस्यको इन्ट्री बुधबार राति बन्द भइसकेको सन्दर्भमा इन्ट्री भएका सदस्यहरुको तोकिएको रकम कात्तिक २१ गतेभित्र बुझाइसक्नुपर्ने निर्णय समितिको बैठकले गरेको हो ।

त्यस्तै, सदस्यतामा फोटो छुटेको भए कार्तिक २१ सम्ममा फोटो उपलब्ध गराउनुपर्ने अन्यथा सक्रिय सदस्यको आवेदन अस्वीकृृत हुने निर्णय समितिले गरेको छ ।

यसअघिको तालिकामा सामान्य संशोधन गर्दै स्वीकृत भएका सदस्यहरुको नामावली कार्तिक ३० गते प्रकाशन गर्ने निर्णय भएको निर्वाचन समितिले जनाएको छ ।

मंसिर १ गतेभित्र सक्रिय सदस्य उपर दाबी विरोध र नाम सच्याउने मिति तोकिएको छ ।

मंसिर ४ देखि १० गतेभित्र पार्टीको विधान एवं निर्वाचन निर्देशिका बमोजिम योग्य भएका प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरु मध्येबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय भएको हो ।

मंसिर १२ भित्र छनोट भएका महाधिवेशन प्रतिनिधिहरुको फोटो सहितको नामावली केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिलाई पठाउनुपर्ने निर्णय भएको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?