+
+
Shares

गुल्मीमा तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न प्रशासनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १५:५५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहार, छठ र नेपाल संवत्का अवसरमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ।
  • प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न अनुरोध गरेका छन्।
  • प्रशासनले पटका, आतसबाजी र विस्फोटक पदार्थ प्रयोग नगर्न, जुवातास नखेल्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र सार्वजनिक स्थानमा होहल्ला नगर्न आग्रह गरेको छ।

२० कात्तिक, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहार, छठ तथा नेपाल संवत्का अवसरमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले सार्वजनिक सूचना जारी गर्दै देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित र व्यवस्थित रूपमा राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेका छन् ।

प्रशासनले पटका, आतसबाजी तथा विस्फोटक पदार्थ प्रयोग नगर्न, जुवातास नखेल्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र सार्वजनिक स्थानमा होहल्ला नगर्न आग्रह गरेको छ ।

त्यस्तै, चाडपर्वका बेला घरको सुरक्षा गर्न, बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल राख्न, क्षमताभन्दा बढी यात्रु नबोक्न, चर्को भाडा नलिन र ट्राफिक नियम पालना गर्न पनि अनुरोध गरिएको छ ।

सूचनामा कानुनविपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?