+
+
Shares

गुल्मीमा माछा मारिरहेकी महिलालाई खोलाले बगायो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १४:१९

१२ असोज, गुल्मी । गुल्मीमा माछा मारिरहेकी एक महिलालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । रेसुङ्गा नगरपालिका–१४ खोलाखेतस्थित छल्दीपनाहा खोलाले ती महिला बगाएको हो ।

पतिसँगै खोलामा माछा मारिरहेकी स्थानीय ५६ वर्षीया तुल्सी सूर्यवंशीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीयले खोजी गर्दा फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय इन्द्रेगौडाबाट प्रहरी टोली खटिएर खोजी गरिरहेको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय गुल्मीबाट इन्स्पेक्टर सुदीप नेपालीको कमान्डमा थप १० जनाको टोलीसमेत घटनास्थलतर्फ गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?