News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले कर्णालीसहितका क्षेत्रमा प्राकृतिक विपद्बाट भएको धनजन क्षतिप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त गरिन्।
- प्रतिनिधि सभामा उनले सरकारले नागरिकलाई सुतकै घरबाट ‘अपहरण शैली’मा पक्राउ गर्ने र प्रमाणबिना छोड्ने कार्यशैलीप्रति प्रश्न उठाइन्।
- बरालले यस्तो पक्राउ शैलीले आम नागरिकमा त्रास फैलिएको र आफूलाई पनि सरकारले सुतकै ठाउँमा पक्राउ गर्न आउँछ कि भन्ने डर लागेको भनिन्।
१२ असोज, काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले देशका विभिन्न स्थानमा भइरहेको प्राकृतिक विपद्को क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रहरीको पछिल्लो पक्राउ शैलीप्रति सरकारको आलोचना गरेकी छिन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद बरालले कर्णाली लगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट भएको धनजनको क्षतिप्रति गहिरो श्रद्धाञ्जली र समवेदना व्यक्त गरिन् ।
साथै, उनले सरकारको सुरक्षा संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइन् ।
सुतकै घरबाट नागरिकलाई ‘अपहरण शैली’मा पक्राउ गर्ने र पर्याप्त प्रमाणबिना केही दिनमै छोड्ने सरकारी संयन्त्रको कार्यशैलीमाथि उनले आपत्ति जनाइन् ।
‘राज्यले अपहरण शैलीमा नागरिक सुतकै ठाउँमा गएर पक्राउ गर्ने, अनि १२ दिन नपुग्दै बिनाप्रमाण जेलमा राखेर बाहिर ल्याउने ? यो अहिलेको सुशासन हो कि निरंकुशता ? यदि नागरिक दोषी नै हुन् भने किन पक्राउ गरिन्छ ? अनि किन छोडिन्छ ? यो के शैली हो? मलाई यसको जवाफ चाहिन्छ,’ उनले भनिन् ।
सांसद बरालले यस्तो कार्यशैलीले आम नागरिकमा त्रास फैलाएको भन्दै आफूलाई पनि ‘सुतकै ठाउँमा सरकार पक्राउ गर्न आउँछ कि’ भन्ने डर लाग्न थालेको टिप्पणी गरिन् ।
प्रतिक्रिया 4