+
२०औं एसियन गेम्स :

श्रीलंका र नेपालबीचको क्वाटरफाइनलमा वर्षाको डर

२०८३ असोज  १२ गते १३:४२ २०८३ असोज १२ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सको पुरुष क्रिकेट क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग बिहान पौने ६ बजे कोरोगी स्पोर्ट्स पार्कमा खेल्ने तालिका छ ।
  • जापानको निशिनमा दिनभर वर्षाको पूर्वानुमान रहेकाले नेपाल–श्रीलंका खेल सुरु नहुने र रद्द हुने सम्भावना उच्च छ ।
  • खेल रद्द भए उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुग्नेछ, सोमबारका दुवै क्वाटरफाइनल पनि वर्षाले रद्द भएका थिए ।

१२ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्दै छ ।

नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल बिहान पौने ६ बजेदेखि कोरोगी स्पोर्ट्स पार्कमा सुरु हुने तालिका छ । तर खेल समयमा सुरु नहुने उच्च सम्भावना छ ।

जापानको आइची, निशिनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको हो । वर्षाले खेल नै रद्द हुने सम्भावना पनि उच्च छ ।

मंगलबार निशिनमा दिनभर वर्षा हुने पूर्वानुमान छ । खेल हुने भनिएको अधिकांश समय ८० देखि ९० प्रतिशत वर्षाको सम्भावना देखिन्छ ।

यो पूर्वानुमानको आधा मात्र मिलेको अवस्थामा पनि वर्षा हुने पक्का देखिन्छ । जसका कारण नेपाल र श्रीलंकाबीचको खेल नै बिथोलिनेछ ।

यदि नेपाल र श्रीलंकाबीचको खेल नभएमा उच्च वरीयताका आधारमा श्रीलंका अगाडि बढ्नेछ ।

यसअघि सोमबारलाई तय भएका दुवै क्वाटरफाइनल खेल पनि वर्षाले रद्द भए । भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच हुने तय रहेको क्वाटरफाइनल वर्षाका कारण रद्द भएको हो ।

त्यसपछि भारत र पाकिस्तान वरीयताका आधारमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

२०औं एसियन गेम्स एसियन गेम्स पुरुष क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय