+
२०औं एसियन गेम्स :

श्रीलंकालाई हराए सेमिफाइनलमा नेपालको भेट भारतसँग

२०८३ असोज  १२ गते ११:२५ २०८३ असोज १२ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले मंगलबार एसियन गेम्स पुरुष क्रिकेट क्वाटरफाइनलमा श्रीलंकासँग खेल्दैछ ।
  • नेपाल विजयी भए पहिलोपटक सेमिफाइनल पुग्नेछ र भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
  • वर्षाका कारण खेल नहुँदा उच्च वरीयताको श्रीलंका सेमिफाइनल पुग्नेछ र नेपालको यात्रा सकिनेछ ।

१२ असोज, काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग प्रतिसर्धा गर्दैछ । नेपाल विजयी भए इतिहास रच्दै पहिलोपटक सेमिफाइनलमा पुग्नेछ, जहाँ प्रतिद्वन्द्वी भारत हुनेछ ।

भारत सोमबार वर्षाका कारण अफगानिस्तानसँगको क्वाटरफाइनल खेल हुन नसकेपछि उच्च वरीयताका आधारमा सेमिफाइनलमा प्रवेश गरेको थियो । यस्तै पाकिस्तान पनि हङकङविरुद्धको खेल रद्द भएपछि अन्तिम चारमा पुगेको छ ।

नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । समूह चरणमा अफगानिस्तानलाई पराजित गरेको नेपालले जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपछि शीर्ष स्थान सुरक्षित गरेको थियो ।

यद्यपी मंगलबार पनि जापानमा वर्षाको उच्च सम्भावना छ । नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल पनि वर्षाका कारण हुन नसके उच्च वरीयतामा रहेको श्रीलंका सेमिफाइनलमा पुग्नेछ भने नेपालको यात्रा क्वाटरफाइनलमै समाप्त हुनेछ ।

नेपालले हालसम्म एसियन गेम्समा क्वाटरफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेको छैन । गत संस्करणको एसियन गेम्समा नेपाल भारतसँग क्वाटरफाइनलमै पराजित भएको थियो ।

२०औं एसियन गेम्स एसियन गेम्स क्रिकेट एसियन गेम्स पुरुष क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय