+

२०औं एसियन गेम्स : ८ सय मिटर दौडमा हिट चरणबाटै बाहिरिए नेपालका सोम आठौं

२०८३ असोज  ११ गते १८:३२ २०८३ असोज ११ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमाल हिट चरणबाटै बाहिरिए।
  • नागोया सिटी मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको पहिलो हिटमा सोम १ मिनेट ४८.९५ सेकेन्डसहित पाँचौं भए।
  • सोमले आफ्नो व्यक्तिगत रेकर्ड सुधार गरेका छन्।

११ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमाल हिट चरणबाटै बाहिरिएका छन् ।
जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको ८ सय मिटरको हिटको पहिलो चरणमा ७ जना दौडिएका थिए । जसमा सोम पाँचौं बने ।

जापानका को ओचियाइ एक मिनेट ४५.९० र कतारका अबुबाकर अब्दल्ला एक मिनेट ४६.५३ सेकेन्डमा दुरी पूरा गर्दे दोस्रो चरण प्रवेश गरे । एक मिनेट ४७.६२ सेकेन्डमा पूरा गर्दै कुवेतका इब्राहिम अल्जोफाइरी तेस्रो स्थानमा रहँदै दोस्रो चरणमा छनोट भए ।
नेपालका सोमले एक मिनेट ४८.९५ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै पाँचौं स्थानमा रहे । हिट चरणको समग्रमा सोम आठौं भए । जहाँ २१ जना सहभागी भएका थिए ।

उनले आफ्नो व्यक्तिगत रेकर्डलाई भने सुधार गरेका छन् ।

२०औं एसियन गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय