News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्सको आर्चरी मिक्स्ड टिममा नेपालका तिलक पुनमगर र ज्ञानु अवालेको जोडी युएईसँग ६–२ ले पराजित हुँदै बाहिरिएको छ।
- ओकाजाकी चुओ सोगो पार्कमा भएको खेलमा नेपाली जोडीले पहिलो सेट ३९–३४ ले जिते पनि त्यसपछिका तीन सेट गुमायो।
- युएईका आयशा आलाली र खलिफा अल्काबीको जोडीले दोस्रो सेट ३४–३३, तेस्रो ३८–२९ र चौथो ३५–२९ ले जित्यो।
११ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत आर्चरी मिक्स्ड टिममा नेपालका तिलक पुनमगर र ज्ञानु अवालेको जोडी बाहिरिएको छ ।
जापानको ओकाजाकी चुओ सोगो पार्क बहुउद्देश्यीय मैदानमा आइतबार भएको खेलमा तिलक–ज्ञानु युएईका आयशा आलाली र खलिफा अल्काबीको जोडीसँग ६–२ ले पराजित हुँदै बाहिरिए ।
पहिलो सेट ३९–३४ ले आफ्नो पक्षमा परेको नेपाली टोलीले त्यसपछिका तीन सेट गुमाउन पुग्यो । दोस्रो सेट ३४–३३, तेस्रो सेट ३८–२९ र चौथो सेट ३५–२९ ले युएईका खेलाडीले आफ्नो पक्षमा पारे ।
प्रतिक्रिया 4