News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्सको महिला डबल्समा नेपालकी शिभाली गुरुङ र स्वस्तिका विष्ट पहिलो चरणबाटै बाहिरिएका छन् ।
- नागोयाको हिगासियामा पार्क टेनिस सेन्टरमा सोमबार नेपाली जोडी घरेलु टोली जापानकी मोमोको कोबोरी र आयानो शिमिजुसँग ६–०, ६–० ले पराजित भयो ।
- यो हारसँगै महिला डबल्समा नेपालको चुनौती पहिलो चरणमै समाप्त भएको छ ।
१२ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत टेनिसको महिला डबल्समा नेपालकी शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडी पहिलो चरणबाटै बाहिरिएको छ ।
नागोयाको हिगासियामा पार्क टेनिस सेन्टरमा सोमबार भएको खेलमा नेपाली जोडी घरेलु टोली जापानकी मोमोको कोबोरी र आयानो शिमिजुसँग ६–०, ६–० को सोझो सेटमा पराजित भयो ।
यस हारसँगै महिला डबल्समा नेपालको चुनौती पहिलो चरणमै समाप्त भएको छ ।
प्रतिक्रिया 4