News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन सरकारसँग माग गरेको छ ।
- महासंघ अध्यक्ष सरोज सिटौलाले मूल्य नबढेमा यातायात व्यवसायीले गाडी भाडा पनि नबढाउने बताएका छन् ।
- सिटौलाले पेट्रोलियम पदार्थको मूल्य बढे गाडी चलाउन नसकिने र चाडबाडमा एकतर्फी यात्रु चाप हुने भन्दै सरकारलाई सोही अनुसार बुझ्न आग्रह गरे ।
१२ असोज, काठमाडौं । यातायात व्यवसायीले चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन सरकारसँग माग गरेका छन् ।
त्यसो भए यातायात व्यवसायीले गाडी भाडा पनि वृद्धि नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष सरोज सिटौलाले बताए ।
आज पूर्वाधार विकास समिति बैठकमा सिटौलाले जति घाटा बेहोरेर भए पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउन नहुने बताए ।
‘अहिलेकै दरमा हामी यात्रुलाई मेची-महाकाली यात्रा गराउन तयार छौं,’ उनले भने, ‘तर, पेट्रोलियम पदार्थको मूल्य बढेर आयो भने गाडी चलाउन सकिने अवस्था रहन्नँ ।’
चाडबाडका बेला एकतर्फी यात्रु चाप हुने भएकाले सोही अनुसार बुझ्न समेत उनले आग्रह गरे । यातायात व्यवसाय मुस्ताङको जस्तो मौसमी व्यवसाय नभएको भन्दै गाडीको व्यवसायमा त्यसरी नाफा नहुने उनको भनाइ थियो ।
प्रतिक्रिया 4