३ कात्तिक, गुल्मी । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा गुल्मीका विभिन्न शक्तिपीठ तथा ऐतिहासिक मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
जिल्लाका मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरबार, उजुङ्गकोट, जोगिथुम, चोयगा, शान्तिपुर र तम्घासलगायतका मन्दिरमा भक्तजनले नवदुर्गाको पूजाआराधना गर्नुका साथै पशुबलि तथा फलफूल चढाएर महानवमी मनाएका छन् ।
मनोकामना पूरा हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वासका साथ भक्तजन शक्तिपीठ पुग्ने गरेका छन् ।
अघिल्ला वर्षको तुलनामा मन्दिरमा भक्तजनको उपस्थिति घट्दै गएको स्थानीयको अनुभव छ ।
दसैँ मनाउन सहर तथा विदेशबाट गाउँ फर्किने क्रमसँगै ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ । परिवारका सदस्य एकै ठाउँमा भेला भएर चाडपर्व मनाउने परम्पराले गाउँघरमा दसैँको रौनक थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4