२१ असोज, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५ अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी करेन्ट लागेर मृत अवस्थामा फेला परेका छन् ।
हिजो मंगलबार दिउँसो खेतमा पानी लगाउन गएका भण्डारी सम्पर्कविहीन भएपछि आफन्त तथा छरछिमेकले खोजी गरेका थिए । खोजीका क्रममा आज बिहान सिमलचौरस्थित आफ्नै खेतमा मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार उनलाई विद्युत् पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र विश्वकर्माले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4