+
+
Shares

आज काग तिहार मनाइँदै

यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउने प्रचलन छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते ५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदै छ र शास्त्रसम्मत रूपमा सूर्योदयकालमा त्रयोदशी परेकाले काग पूजा गर्नुपर्ने समितिले जनाएको छ ।
  • पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ ।
  • कात्तिक २२ गते कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक २३ गते गाईपूजा र कात्तिक २४ गते गोरुपूजा, हलितिहार, गोबद्र्धनपूजा, बलीपूजा र आत्म पूजा परेको छ ।

२१ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउने प्रचलन छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज कागको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीप दान गर्ने र त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउनुपर्ने भट्टराई बताउँछन् । यसअनुसार यमदीप दान शुक्रबार बेलुका नै गरिएको थियो ।

धनवन्तरी जयन्ती भने कात्तिक २१ गते शनिबार अर्थात् आज परेको छ । तिथि घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ भने गोरुपूजा, हलितिहार, गोबद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको समितिले जनाएको छ ।

यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजेलाई तोकेको छ ।

यसैबीच आज काग तिहारको दिन काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा आज कागको विशेष पूजाआराधना गरिन्छ ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मनपर्ने खानेकुरा दिई खुसी पार्ने गरिएको जानकारहरु बताउँछन् । आजको दिन कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने धार्मिक विश्वाससमेत गरिन्छ ।

आजबाट लगातार सार्वजनिक बिदा भएकाले तिहारको रौनक पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?