News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारमा शुक्रबार बिहान पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ।
- ठक्करपछि गैरे राष्ट्रिय ट्रमा सेन्टरमा जाँचका लागि पुगेकी छिन्।
- गैरेले शरीरमा चोट नलागेको र लडेकाले दुखेको बताइन्, साथै निधी पनि ट्रमा सेन्टरमै छन्।
२० कात्तिक, काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ ।
सिंहदरबारमा शुक्रबार बिहान उनलाई निधीको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनी अहिले राष्ट्रिय ट्रमा सेन्टरमा जाँचका लागि पुगेकी छिन् ।
उनीसँगै लम्सालका विज्ञ निधी पनि ट्रमा सेन्टरमै छन् ।
‘शरीरमा चोट लागेको छैन । लडेको कारणले दुखेको हो,’ उनले भनिन्, ‘चेकअप भइरहेको छ । गाडीमा सवार निधीजी पनि सँगै हुनुुहन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4