प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- दरबारमार्गस्थित महेन्द्र शालिक नजिकैको लिक्विड लाउन्ज बारमा आज बिहान करिब ९ बजेतिर आगलागी भएको छ ।
- काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आगो निभाउन दुई वटा दमकल घटनास्थल पुगेका छन् ।
- बारमा कोही नभएकाले मालिकलाई बोलाउने प्रयास भइरहेको र क्षतिको विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
२२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ ।
काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो ।
बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ ।
बारमा कोही पनि नभएका कारण बारका मालिकलाई बोलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
आगलागीबाट भएको क्षति र आगलागीका कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4