News Summary
Generated by OK AI. Editorially reviewed.- केनाइन कार्यालय महाराजगञ्जमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रहरीले कुकुर तिहार मनाएको छ ।
- तालिमप्राप्त प्रहरीका कुकुरहरूले हराएका मान्छे खोजी र हत्या अनुसन्धानसम्बन्धी डेमो तथा दौड, बाधापार र कला कौशल प्रस्तुत गरेका छन् ।
- कार्यक्रमका प्रमुख अतिथि डीआईजी ओम रानाले कुकुरले अपराध अनुसन्धान, खोज उद्धार र सुरक्षामा ठूलो सहयोग गर्दै आएको बताए ।
२२ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले कुकुर तिहार मनाएको छ । केनाइन कार्यालय महाराजगञ्जमा एक कार्यक्रम गर्दै प्रहरीले कुकुर तिहार मनाएको हो ।
यस अवसरमा प्रहरीका तालिमप्राप्त कुकुरहरूले विभिन्न कला कौशल देखाएका थिए ।
हराएका मान्छेहरूको खोजीमा प्रहरीको कुकुरहरू कसरी खटिन्छन्, कोही व्यक्तिलाई कसैले हत्या गरेर फरार भएमा प्रहरीका कुकुरले अनुसन्धान गर्छन् लगायतका विषयहरूको डेमो प्रस्तुत गरिएको थियो ।
तालिम प्राप्त प्रहरीका कुकुरहरूको दौड, बाधापार र विभिन्न कला कौशलहरू प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति तथा डीआईजी ओम रानाले कुकुरले प्रहरीलाई अपराध अनुसन्धान तथा खोज उद्धार र सुरक्षामा ठूलो सहयोग गर्दै आएको बताए ।
प्रहरीले २०२६ सालदेखि अपराध अनुसन्धान तथा खोज उद्धारमा कुकुरको प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया 4