News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्यान फाउन्डेसनले कुकुर तिहारको अवसरमा शनिबार नयाँ बानेश्वरबाट \'कुकुर तिहार हरेक दिन\' नामक तीन महिने पाइलट परियोजना सुरु गरेको छ।
काठमाडौं । कुकुर तिहारको अवसरमा गोल्यान फाउन्डेसनले नयाँ अभियान सुरु गरेको छ । शनिबार नयाँ बानेश्वरबाट ‘कुकुर तिहार हरेक दिन’ नामक तीन महिने पाइलट परियोजनाको सुरुवात गरेको हो ।
यस अभियानको सन्देश कुकुरलाई ‘एक दिनको माला होइन, हरेक दिनको माया’ भन्ने रहेको गोल्यान फाउन्डेसनकी सीईओ ज्योति गैह्रेले बताइन् । उनका अनुसार यो अभियानको मुख्य उद्देश्य सामुदायिक कुकुरहरूप्रतिको हाम्रो प्रेमलाई चाडपर्वको सीमित दायराबाट बाहिर निकाल्नु रहेको रहेको छ ।

नियमित रूपमा खाना खुवाउने, आवश्यक खोप लगाउने र स्वास्थ्य जाँच गराउने माध्यमबाट, यो पहलले कुकुरहरूको कल्याणमा सहयोग पुर्याउने लक्ष्य राखिएको गैह्रेले बताइन् । यसले समुदायका मानिसहरूलाई आफू बस्ने क्षेत्रका कुकुरहरूको हेरचाहमा सक्रिय भूमिका खेल्न प्रोत्साहित गर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य रन्जु दर्शनाको उपस्थिति थियो । काठमाडौं महानगरपालिका जनप्रतिनिधि, समुदायका व्यक्तित्व र स्वयंसेवकहरूको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4