२२ कात्तिक, काठमाडौं । गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ ।
नेपालभरका प्रहरीका केनाइनहरूलाई पछि पार्दै लियो सर्वोत्कृट भएको हो । तिहारको दोस्रो दिन कुकुर तिहारको अवसरमा नेपाल प्रहरी केनाइन कार्यालयमा एक कार्यक्रमका बीच लियोलाई मेडल समेत प्रदान गरिएको छ ।
अपराध अनुसन्धान विभागका डीआईजी ओम रानाले सर्वोत्कृष्ट लियोलाई मेडल प्रदान गरे । लियोले गत १० भदौमा आएको भोटेकोशी बाढीमा करिब एक महिनासम्म खोज तथा उद्धारमा खटिएको थियो ।
उनले केही व्यक्तिको शवहरु फेला पार्नुका साथै शरीरका टुक्राहरु समेत फेला पारेको थियो । सर्वोत्कृष्ट लियो ल्याब्रोडर जातको केनाइन हो । २०७८ सालदेखि प्रहरीलाई खोज तथा उद्धारमा लियोले सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया 4