+
+
Shares

देउवा पक्षको डडेलधुरा सभापतिमा डिल्लीराज जोशी सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १५:२३

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले डडेलधुराको जिल्ला सभापतिमा डिल्लीराज जोशीलाई सर्वसम्मत चयन गरेको छ ।

पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको आठौं जिल्ला अधिवेशनबाट जोशीलाई सर्वसम्मत सभापति चयन गरेको चुनदेवी सम्पर्क कार्यालयले जनाएको छ ।

यस्तै, उपसभापतिमा सन्तोष देउवा र पृथ्वीराज भट्ट चयन भएका छन् । सचिवमा पाँच जनाको उम्मेदवारी परेको एक उम्मेदवारले जानकारी दिएका छन् ।

सभापतिमा चयन भएका जोशी १४ औं महाधिवेशनमा उपसभापतिमा निर्वाचित भएका थिए । उनी अमरगढी नगरपालिकाका मेयर पनि हुन् ।

पछिल्लो समय उनलाई देउवा समूहले डडेलधुराको संयोजक बनाएर अधिवेशन प्रक्रिया अघि बढाएको थियो ।

चुनदेवीका अनुसार प्रदेश ‘क’ को सभापतिमा तारा खड्का र ‘ख’ को सभापतिमा भोजराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?