+
+
Shares

भारतसहित तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले पदीय ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १७:२९

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले पदीय ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीचमा भारतसहित तीन देशका राजदूतले राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेस गर्नेमा नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल छन् ।

उनीहरूमध्ये भारतीय राजदूत दलेला आवासीय राजदूत हुन् भने लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत जायाभोङ र पानामाका राजदूत मिगुएल गैरआवासीय राजदूत हुन् ।

राष्ट्रपति कार्यालयमा सम्पन्न समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।

नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?