+
+
Shares

तिहारको अवधिभर काभ्रेका सडकमा टिपर सञ्चालनमा रोक

निर्णय अनुसार कात्तिक २२ गते बिहान ५ बजे देखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म जिल्लाभित्रका मुख्य र सहायक सडकहरूमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १५:३१

२० कात्तिक, काठमाडौं । तिहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै तिहारको अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको बैठकको निर्णय अनुसार चाडपर्वका बेला सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जना हुनसक्ने दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न तथा यात्रुबाहक सवारी साधनहरूको आवागमनलाई सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको काभ्रे प्रशासनले जनाएको छ ।

निर्णय अनुसार कात्तिक २२ गते बिहान ५ बजे देखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म जिल्लाभित्रका मुख्य र सहायक सडकहरूमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो ।

निर्णयअनुसार सम्बन्धित सबैलाई उक्त अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?