+
+
Shares

संसदीय सुनुवाइ समिति बैठक जारी, सर्वोच्चमा सिफारिस न्यायाधीशका उजुरीकर्तासँग छलफल

अहिले पाण्डेविरुद्ध उजुरी दिनेहरूसँग समितिले छलफल गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु भएको छ र सुरुमा उजुरीकर्तासँग छलफल भइरहेको छ।
  • न्यायपरिषद्ले २० असोजमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चका न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो।
  • उजुरीकर्ताले जनक पाण्डेकी श्रीमती माया पुरी पाण्डे झापाको दकमस्थित सार्वजनिक जग्गा हिनामिनामा संलग्न भएको भन्दै पाण्डेलाई अनुमोदन गर्न नहुने तर्क गरेका छन्।

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ सुरु भएको छ ।

सुरुमा प्रस्तावित न्यायाधीश उपर उजुरी दिनेहरूसँग छलफल चलिरहेको छ ।

त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू, (अर्घाखाँची)लाई समिति समक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

गत २० असोजमा न्यायपरिषद् बैठकले न्यायाधीशहरू बागचन्द र सारुसहित जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

अहिले पाण्डेविरुद्ध उजुरी दिनेहरूसँग समितिले छलफल गरिरहेको छ ।

उजुरीकर्ताहरूले झापाको दकमस्थित सार्वजनिक जग्गा हिनामिनामा पाण्डेकी श्रीमती माया पुरी पाण्डे पनि संलग्न भएको भन्दै पाण्डेलाई अनुमोदन गर्न नहुने तर्क गरेका छन् ।

न्यायाधीश पाण्डेकी श्रीमती माया मात्रै होइन, उनकी सासु देवरुपा पुरी, सालो रेवत राज(गगन) पुरी, गगनकी पत्नी केशावती पुरीविरुद्धको भ्रष्टाचारमुद्दा पनि सर्वोच्चमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?