+
+
Shares

१०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १२:२०

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेकी छन् ।

अनुगमनका क्रममा मन्त्री बादीले खेल मैदान, प्याराफिटलगायत निर्माणाधीन पूर्वाधार तथा प्रतियोगिताको व्यवस्थापकीय तयारीबारे सरोकारवालासँग जानकारी लिएकी छन् ।

उनले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन खेलाडीका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन तथा अन्य सेवा–सुविधाको अवस्थाबारे चासो व्यक्त गरेकी थिइन् ।

अनुगमनका क्रममा तोकिएको समयभित्र सम्पूर्ण तयारी पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको सचिवालयले जनाएको छ ।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान, खेल क्षेत्रको विकास र राष्ट्रिय एकता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री बादीले प्रतियोगिताको सफलताका लागि शुभकामना पनि दिइन् ।

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रियस्तरको यस प्रतियोगिताले प्रदेशको खेल पर्यटन, पूर्वाधार विकास र राष्ट्रिय पहिचान प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?