News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेश रंगशाला परिसरमा दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी निर्माण गरिएको अत्याधुनिक पौडी पोखरीको काम सम्पन्न भएको छ ।
- कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले पौडी पोखरी निर्माणले खेलाडीको प्रशिक्षणलाई व्यवस्थित र प्रभावकारी बनाउने बताएका छन् ।
- नयाँ पूर्वाधारले कर्णालीका पौडी खेलाडीलाई नियमित अभ्यासको अवसर दिँदै प्रतियोगिताको तयारीलाई थप बलियो बनाउन सहयोग पुग्नेछ ।
२४ साउन, काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा निर्माण गरिएको अत्याधुनिक पौडी पोखरीको निर्माण कार्य सम्पन्न भएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको पौडी पोखरी तयार भएसँगै कर्णालीका पौडी खेलाडीलाई नियमित प्रशिक्षणका लागि सहज हुने भएको छ ।
पौडी खेलका लागि आवश्यक पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीमा नयाँ पौडी पोखरी निर्माण सम्पन्न हुनु महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसअघि नियमित प्रशिक्षणका लागि उपयुक्त पूर्वाधारको अभाव हुँदा खेलाडीले विभिन्न कठिनाइ सामना गर्दै आएका थिए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले पौडी पोखरी निर्माण सम्पन्न भएपछि प्रदेशका पौडी खेलाडीलाई नियमित प्रशिक्षणका लागि सहज हुने बताए । उनका अनुसार नयाँ पूर्वाधारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीको तयारीलाई समेत थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।
‘पौडी पोखरी निर्माण भएपछि कर्णालीका पौडी खेलाडीलाई नियमित प्रशिक्षण गर्न सहज हुनेछ । यसले दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडीको तयारीलाई पनि थप राम्रो र व्यवस्थित बनाउन सहयोग पुग्नेछ’ सदस्य–सचिव चन्दले भने ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णालीमा पछिल्लो समय खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ ।
नयाँ पौडी पोखरीले प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीलाई मात्र नभई प्रदेशमा पौडी खेलको आधार फराकिलो बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । नियमित प्रशिक्षणको अवसर पाएपछि नयाँ प्रतिभाको पहिचान तथा खेलाडीको क्षमता विकासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।
कर्णालीमा पौडी खेलको सम्भावना रहे पनि पूर्वाधार अभावका कारण खेलाडीले नियमित प्रशिक्षणको अवसर पाउन सकेका थिएनन् । अब आफ्नै प्रदेशमा व्यवस्थित पौडी पोखरी उपलब्ध भएपछि खेलाडीलाई प्रशिक्षणका लागि बाहिरी जिल्लामा वा अन्य स्थानमा निर्भर हुनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4