+

तेक्वान्दोमा नेपाललाई ४ स्वर्णसहित १५ पदक

२०८३ साउन  २४ गते २०:१८ २०८३ साउन २४ गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको नानजिङमा सम्पन्न तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी कुल १५ पदक जितेका छन्।
  • काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीका अनुसार प्रतियोगितामा उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण पदक जितेका हुन्।
  • टोली प्रशिक्षक पुजन खड्काको नेतृत्वमा सहभागी नेपाली खेलाडीहरूले विभिन्न स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै पदकहरू हासिल गरेका छन्।

२४ साउन, काठममाडौं । चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी १५ पदक जितेका छन् ।

उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।

लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत हात पारे ।

सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य प्राप्त गरे । टोली प्रशिक्षकमा पुजन खड्का रहेका छन् ।

तेक्वान्दो ग्रान्डस्लाम युथ लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय