२१ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी गरेका छन् ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत रक्तदान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘कुनै भ्रममा, कुनै अलमलमा कसैलाई केही पदैगर्दा पनि नपर्नुहोला । नेपाली कांग्रेस पार्टी विशेष महाधिवेशन गरिसकेर १५ औं महाधिवेशन गरिसकेको छ । राष्ट्रिय आवश्यकता पर्यो, त्यो परिस्थितिपछि देश र पार्टीलाई नयाँ ढंगले अघि लानुपर्ने अवस्था बन्यो,’ शर्माले भने, ‘कसैलाई अनर्गल गरेर फेसबुकमा लेखिदिएिर यति खायो रे उति खायो रे यति बुझायो रे यति करोड बुझायो रे । ए बाबा! एक पटक स्वास्थ्यमन्त्री एक पटक केवल स्वास्थ्यमन्त्री ८९ महिना बनेको गगन थापा, जीवनमा मन्त्री कहिल्यै नबनेको विश्वप्रकाश शर्मा । करोड करोड बुझाउनुपर्यो भने हामी दुई भाइले मात्रै बुझाउन सकुँला कि वर्षौंसम्म सत्तामा बसेका नेताहरू त उतै हुनुहुन्थ्यो त । उहाँहरूले बुझाउन सक्ने होइन भन्या ?’
कसैले अरे भनेर भनेको कुरामा पछि नलाग्न उनले नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
‘त्यसैले यो कुरा के हो भने, भन्यो अरे, एउटा विचौलियाले कहिँ भन्यो अरे । भोलि एउटा बैंक कसुरमा पक्राउ परेको वा डकैतमा परेकोले कहिँ भन्दियो कि फलानोलाई प्रधानमन्त्री बनाउन फलानोले दाबी छाडेर ५० करोडमा डिल भएको थियो । त्यो डिल भएको पैसा नबुझाएको हुँदा ५ करोड डकैती गरेर हामी आएका हौं भनेर कसैले भन्यो भने त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ?’, उनको प्रश्न थियो ।
उनले महाधिवेशनका सबै काम विधि बमोजिम भएको हुनाले अब पार्टीले देशका लागि सपना बोकेर हिंडेको जिकिर गरे ।
‘ढुक्क मान्नुहोला, नेपाली कांग्रेसको विशेष महाधिवेश गरेर १५ औं महाधिवेशनसम्म पुग्दैगर्दा पार्टीको विधि, विधान, प्रक्रिया बमोजिम इमानदारितापूर्वक सबै काम भएको छ । कांग्रेस अब देशका लागि सपना बोकेको छ । मनमा हुटहुटी बोकेको छ,’ शर्माको भनाइ छ ।
प्रतिक्रिया 4