+
+
Shares

विश्वप्रकाशको आग्रह– पहिला देश भन्ने सिद्धान्त केन्द्रमा राखेर अघि बढौं

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरे।
  • शर्माले आधुनिक, बदलिएको र बलियो कांग्रेस बनाएर समुन्नत नेपालको यात्रामा जान सबैको समान जिम्मेवारी रहेको उल्लेख गरे।
  • उनले नव–निर्वाचित केन्द्रीय कार्यसमितिले परिवर्तनका समस्यासँग जुध्न सरकारसँग राम्रो ढङ्गले सहकार्य गर्ने प्रतिबद्धता जनाए।

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन्  ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् ।

उनले आधुनिक, बदलिएको र बलियो कांग्रेस बनाएर समुन्नत नेपालको यात्रामा जान सबैको समान जिम्मेवारी रहेको उल्लेख गरे ।

संस्थागत, स्वाभिमानपूर्वक र सभापतिले बनाउने कार्ययोजना बमोजिम तोकिएको भूगोल र जिम्मेवारीमा रहेर काम सम्पादन गरी समयमै केन्द्रीय कार्यालयमा रिपोर्ट बुझाउनुपर्ने उनले बताए ।

त्यस्तै, उनले आफूमाथि उठ्ने आलोचना र प्रश्नहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै गलत कुराको खण्डन स्वस्थ र विधिवत प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ उपसभापति शर्माले परिवर्तनको गम्भीर समस्यासँग जुध्नका लागि नव–निर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग राम्रो ढङ्गले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

उनले सभापति गगन थापाको नेतृत्वमा संस्थागत, व्यवस्थित तथा प्रभावकारी टिम स्पिरिटका साथ अघि बढ्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?