News Summary
Generated by OK AI. Editorially reviewed.- नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ।
- सडक डिभिजन भरतपुरका अनुसार आइतबार १२:१० बजेदेखि पोखरातर्फ जाने सवारीसाधनलाई मात्र आवागमन खुला गरिएको छ।
- अविरल वर्षाका कारण मुग्लिन-नारायणगढ सडक खण्ड आइतबार बिहानदेखि अवरुद्ध भएको थियो।
११ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
आइतबार मध्याह्न १२:१० बजेदेखि पाेखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
अविरल वर्षाका कारण नाम्सी खोलाको पुलमाथि लेदोसहितको पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड आइतबार बिहानदेखि अवरुद्ध बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4