+
+
Shares

वर्षा प्रभावितलाई सहयोग र समन्वयमा खट्न गगनको पार्टी पङ्तिमा आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १२:४५

११ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षाबाट प्रभावित नागरिकलाई सहयोग र समन्वय गर्न पार्टी पङ्तिलाई आग्रह गरेका छन् ।

विगत तीनदेखि देशभर वर्षा भइरहेको छ । निरन्तरको वर्षाले पहिरोमा परि बागलुङमा चार जनाको मृत्यु भएको छ । देश विभिन्न स्थानमा खोलाले पुल बगाएको छ । अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा भएको उल्लेख गर्दैै सभापति थापाले आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्न आग्रह गरेका छन् ।

मौसम विभाग तथा सम्बन्धित निकायहरूले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न निर्वाचन समितिले पत्राचार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?