+
+
Shares

इलाम पहिरोमा ज्यान गुमाएका परिवारलाई कोशी प्रदेश सरकारले तत्काल एक लाख दिने

इलाम पहिरोमा ज्यान गुमाएका परिपारलाई कोशी प्रदेश सरकारले प्रति परिवार तत्काल एक लाख दिने भएको छ । कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले यस्तो जानकारी दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते ११:४७

२० असोज, काठमाडौं । इलाम पहिरोमा ज्यान गुमाएका परिपारलाई कोशी प्रदेश सरकारले प्रति परिवार तत्काल एक लाख दिने भएको छ ।

कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले यस्तो जानकारी दिएका हुन् ।

‘प्रमुख जिल्ला अधिकारीसँग विवरण माग गरेका छौं । विवरण आए लगत्तै कम्तीमा एक लाख मृतकका परिवारलाई उपलब्ध गराउँछौं’ भण्डारीले अनलाइनखबरसँग भने । उनका अनुसार आज विवरण आए भोलि वा पर्सीसम्म रकम निकासा भइसक्नेछ ।

शनिबारको अविरल वर्षासँगै गएको पहिरोले इलाममा ३७ जनाले ज्यान गुमाएका छन् ।

पहिरोले इलामका विभिन्न पालिकामा क्षति पुर्‍याएको छ । स्थानीयलाई खान र बस्नको समेत समस्या भएको भन्ने खबर आएको मन्त्री भण्डारीले बताए ।

उनी भन्छन्, ‘खानाको प्रन्ध स्थानीय स्तरबाट भएको भन्ने आएको छ । तर बस्नका लागि आवश्यक सामग्री, ओढ्ने, ओच्छ्याउने लगायतका सामग्री जे उपलब्ध हुन्छ त्यो पठाउने तयारीमा छौं ।’

सडकबाट जान सक्ने अवस्था नरहेकाले हेलिकप्टर उपलब्ध भयो भने हेलिकप्टरबाट राहत सामग्री पठाउने तयारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?