+
+
Shares

सर्लाहीमा मोटरसाइकल दुर्घटना, भारतीय युवकको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १३:३६

३० वैशाख, सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । यहाँ रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा  चालक भारतको बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत ढेग निवासी अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । उपचारकै क्रममा चिकित्सकले मंगलबार राति नै उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता तथा डिएसपी सरोज राईले जानकारी दिए ।

हिजो मंगलबार राति करिब ८ बजे बरहथवाबाट गडहियातर्फ जाँदै गरेको ज ७ प २६१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँका बाबु साहेब पटेलका २३ वर्षीय छोरा उज्वल घाइते भएका छन् । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई भारतको सितामढीतर्फ पठाइएको छ ।

प्रहरीका अनुसार उज्वल पटेलको सितामढीस्थित बैजनाथ नर्सिङ होमको आईसीयूमा उपचार भइरहेको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?