+
+
Shares

अर्घाखाँची दुर्घटनामा दुईको मृत्यु, २५ जना घाइते

अर्घाखाँचीमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ दुर्गा फाँट कुडुलेमा झ १ ख ५०४ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा २५ जना घाइते भएका छन् र उनीहरूलाई जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको छ।
  • जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली घटनास्थलमा पुगिसकेको छ र थप अनुसन्धान भइरहेको छ।

२९ वैशाख, बुटवल । अर्घाखाँचीमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

जिल्लाको पाणिनी गाउँपालिका-८ दुर्गा फाँट कुडुलेमा झ १ ख ५०४ नम्बरको बस दुर्घटना भएको पाणिनी गाउँपालिकाका पूर्वगाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिए । मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको गौतमले बताए ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली पुगिसकेको छ भने घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको जनाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?