News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री स्वस्तिमा खड्काले महिन्द्राको नयाँ ६८ लाख रुपैयाँ मूल्य पर्ने ईभी कार 'बी सिक्स' किनेकी छन्।
- अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले स्वस्तिमालाई नक्साल गैरीधारास्थित शो रुममा कार हस्तान्तरण गरे।
- अग्नि ग्रुपले दुई सातादेखि नेपाली बजारमा 'बी सिक्स' मोडलको ईभी गाडीको विक्री थालेको छ र राम्रो प्रतिक्रिया पाएको छ।
काठमाडौँ । विद्युतीय गाडीप्रति सेलिब्रेटीको आकर्षण बढ्दो छ । अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन् ।
महिन्द्राको नक्साल गैरीधारास्थित शो रुममा अग्नि ग्रुपका अध्यक्ष तथा शार्क ट्यांकका नेपालका शार्क क्याबिनेट श्रेष्ठले स्वस्तिमालाई उक्त कार हस्तान्तरण गरे ।
‘स्वस्तिमा र हामीले लामो समयदेखि सहकार्य गरिरहेका छौं । उहाँलाई हाम्रो नयाँ कारको ग्राहकको रुपमा पाउँदा खुसी लागेको छ’ क्याबिनेटले भने । सो अवसरमा सानोतिनो सेलिब्रेसन नै गरिएको थियो ।
स्वस्तिमा र निश्चल बस्नेतले केक काटेर खुसी मनाए । स्वस्तिमाको यो दोस्रो ईभी कार हो । यसअघि उनले महिन्द्राकै ‘एक्सयूभी ४००’ मोडलको कार चढ्दै आएकी थिइन् ।
प्रकृतिमैत्री र किफायती पनि हुने भएकाले आफूलाई विद्युतीय गाडी मनपर्ने स्वस्तिमाले बताइन् । ‘अब इलेक्ट्रिक गाडी हाम्रो भविष्य नै हो’ स्वस्तिमाले भनिन्, ‘ड्राइभिङको हिसाबमा पनि तेल किन्दा जति खर्च हुन्थ्यो, ईभीको गाडीमा किफायती हुन्छ । सस्तो पनि पर्छ ।’

सुटिङको लागि आउँदाजाँदा र कामकाजको लागि पनि महिन्द्राको ईभी गाडी सहज हुने गरेको अनुभव उनले सुनाइन् ।
अग्नि ग्रुपका सेल्स म्यानेजर सागर भट्टराईका अनुसार ‘बी सिक्स’ मोडलको गाडीलाई हालै आयोजित नाइमा अटो प्रदर्शनीमा लन्च गरिएको थियो । ‘यो गाडीलाई लिएर हामीले सोचेजस्तो राम्रो रेस्पोन्स पाएका छौं । धेरैजना हाम्रै गाडी किन्ने भनेर बसिरहनुभएको छ’ उनले भने ।
अग्नि ग्रुपले दुई सातादेखि नेपाली बजारमा यो मोडलको ईभी गाडीको विक्री थालेको हो । ‘यस्तो किसिमको गाडी खासै नेपालमा उपलब्ध छैन । नेपालको बाटो सुहाउँदो, खाल्डाखुल्डी र साँघुरो बाटोमा पनि राम्रोसँग चल्ने भएकाले धेरैको रोजाइमा यो छ’ भट्टराईले भने ।
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर








प्रतिक्रिया 4