
News Summary
Generated by OK AI. Editorially reviewed.- महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा इलेक्ट्रिक एसयूभीहरू बीई–६ र एक्सईभी ९ई सार्वजनिक गरेको छ।
- यी एसयूभीहरू महिन्द्राको एमएआईए आर्किटेक्चरमा आधारित छन् र नेपालमा अग्नि ग्रुपमार्फत बिक्री तथा वितरण हुनेछन्।
- बीई–६ र एक्सईभी ९ईको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ र दुवैमा एडास सुरक्षा सुविधा उपलब्ध छन्।
काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ का अवसर पारेर नेपाली बजारमा आफ्नो अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभीहरू बीई–६’ र ‘एक्सईभी ९ई’ सार्वजनिक गरेको छ ।
यी गाडी महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्ल्याटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर एमएआईए (माया) बाट सञ्चालित छन् । यी अत्याधुनिक ई–एसयूभीहरूको सार्वजनिकीकरणले नेपाली विद्युतीय सवारीको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ ।
बीई–६ ‘प्याक वान अबोभ, प्याक टु र प्याक थ्री सेलेक्ट’ गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । त्यस्तै एक्सईभी ९ई पनि ‘प्याक टु, प्याक थ्री सेलेक्ट, र प्याक थ्री’ मा उपलब्ध हुनेछ । महिन्द्राले यी सबै भेरिएन्टको बुकिङ खुला गरिसकेको छ ।
नेपालमा बीई–६ र एक्सईभी ९ई को बिक्री तथा वितरण नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपमार्फत हुनेछ ।
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका अटोमोटिभ डिभिजन अन्तर्गत इन्टरनेसनल अपरेसन्स प्रमुख सचिन अरोलकरले भने, ‘नेपाली बजारमा बीई–६ र एक्सईभी ९ई सार्वजनिक गर्दै हामी विद्युतीय मोबिलिटीको एक नयाँ अनुभव उपलब्ध गराउँदै छौं । नेपाली बजार यस्तो बजार हो जुन निरन्तर परिवर्तन हुँदैछ र स्वच्छ ऊर्जा (क्लिन इनर्जी) का प्रविधि अपनाउँदै छ । यी एसयूभीले नेपाली ग्राहकका लागि उत्कृष्ट पर्फर्मेन्स, इन्टेलिजेन्स र डिजाइनलाई समायोजन गर्दै अत्याधुनिक इनोभेसनको प्रतिनिधित्व गर्दछ ।’
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले भने, ‘हामी महिन्द्राका इलेक्ट्रिक ओरिजिन एसयूभीहरू नेपालमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित छौं । बीई–६ र एक्सईभी ९ई ‘फ्युचर–रेडी प्रडक्टहरू हुन् जसले उदाउँदो नेपालको आधुनिक ग्राहकको परिस्कृत आकांक्षालाई प्रतिविम्बित गर्दछ । यी गाडीहरूको कमान्डिङ प्रिजेन्स, इन्टेलिजेन्ट विशेषता र हार्टकोर डिजाइन फिलोसोफिले गर्दा यसले नेपाली ईभी बजारमा नयाँ मापदण्ड तय गर्नेमा हामी विश्वस्त छौं ।’
कम्पनीले यी गाडीको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ तोकेको छ ।
बीई–६ र एक्सईभी ९ई दुवैले महिन्द्राको हार्टकोर डिजाइन दर्शन झल्काउँछ जसले बोल्ड इनोभेसनलाई भावनात्मक सौन्दर्यसँग संयोजन गर्दछ । बीई–६ मा एडभेन्चर र पर्फमेन्सबाट प्रेरित एथलेटिक सिलुएट (बनोट) छ भने एक्सईभी ९ईमा परिस्कृत र लक्जरी एसयूभी कुप डिजाइन छ । दुवै एसयूभीको डिजाइन सम्बन्धित चालकसँग गहिरो भावनात्मक सम्बन्ध बनाउने मूल उद्देश्यबाट प्रेरित छन् ।
यी दुवै एसयूभीले दमदार पर्फर्मेन्स प्रदान गर्दछ ।अधिकांश भेरिएन्टले ९९ किलोवाटको पावर दिन्छ जसले दैनिक छोटोदेखि लामो दुरीका यात्रामा सहज र रेस्पोन्सिभ ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ । एक्सईभी ९ईको प्याक थ्री भेरिएन्टमा १९९ किलोवाटको पावर छ जसले अझ थ्रिलिङ र उत्साहजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ र इलेक्ट्रिक एसयूभी क्याटागोरीमा पर्फर्मेन्सको अपेक्षा तथा मापदण्ड उच्च बनाउँछ ।
एसयूभीको इन्टेरियर पनि विभिन्न आकर्षक सुविधाले भरिपूर्ण छ जसले छुट्टै ‘इन–क्याबिन’ अनुभव प्रदान गर्दछ । एक्सईभी ९ईमा ट्रिपल स्क्रिन सिनेम्याटिक डिस्प्ले छ जुन ड्यासबोर्डको दायाँदेखि बायाँ कुनासम्म फैलिएको छ । बीई–६ मा ‘रेस–रेडी डिजिटल ककपिट’ छ जसले चालकलाई हाइ–पर्फर्मेन्स गाडीको अनुभव दिन्छ ।
यी दुवै ई–एसयूभी स्मार्ट प्रविधि र विशेषताले भरिएको छ जसले अत्याधुनिक ‘इन–क्याबिन अकोस्टिक एक्सपेरियन्स’ प्रदान गर्दछ । जसअन्तर्गत ‘एआर–बेस्ड भिजन एक्स’ हेड्स–अप डिस्प्ले, ‘हार्मन कार्डनको सोनिक स्टुडियो’ र विभिन्न ‘प्रिसेट थिम’ सहित ‘लिभ–योर–मुड’ नामक सुविधा रहेका छन् ।
यी ई–एसयूभीमा सुरक्षा र इन्टेलिजेन्स दुवैलाई उच्च प्राथमिकता दिइएको छ । जसअन्तर्गत एक्स्ईभी ९ई मा एडास लेभल २ प्लस, र बीई–६ मा एडास लेभल २ सुविधा, सर्भिलेन्स क्यामेरा, ‘आई–डेन्टिटी’ ड्राइभर मनिटरिङ सिस्टम आदि छन् ।
प्रतिक्रिया 4