
२२ साउन, काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा नयाँ कम्प्याक्ट एसयूभी ‘एक्सयूभी थ्री–एक्स–ओ’ सार्वजनिक गरेको छ । कम्पनीले यसको सुरुवाती मूल्य ४४ लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ ।
आकर्षक तथा अलग डिजाइन, अत्याधुनिक प्रविधि, उच्चस्तरको ‘स्पिरिटेड’ पर्फर्मेन्स, र विश्वस्तरीय सुरक्षा संयोजनका रूपमा आएको ‘सेगमेन्ट डिसरप्टर’, एक्सयूभी थ्री–एक्स–ओले कम्प्याक्ट–(एसयूभी सेग्मेन्टमा नयाँ मापदण्ड तथा परिभाषा बनाएको छ ।
एक्सयूभी थ्री–एक्स–ओ नेपालमा ५ वटा पेट्रोल भेरिएन्टमा उपलब्ध हुनेछ जसको मूल्य ४४ लाख ९० हजारदेखि सुरु हुनेछ ।
सम्पूर्ण भेरिएन्टका लागि बुकिङ सुररु भएको छ भने नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपमार्फत नाइमामा डेलिभरी हुनेछ महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजन अन्तर्गत इन्टरनेसनल अपरेसन्सका प्रमुख सचिन अरोलकरले भने, ‘हामी एक्सयूभी थ्री–एक्स–ओ लाई नेपालमा सार्वजनिक गर्न पाउँदा निकै हर्षित र गौरवान्वित छौं ।
यसको आकर्षक र अलग डिजाइन, प्रिमियम सुविधा र उच्चस्तरको सुरक्षात्मक विशेषताले गर्दा एक्सयूभी थ्री–एक्स–ओले आधुनिक ग्राहकको आकांक्षा प्रतिविम्बित गर्दछ । नेपाल हाम्रा लागि एक महत्त्वपूर्ण देश हो र एक्सयूभी थ्री–एक्स–ओले यसको सेगमेन्टमा ग्राहकलाई हरेक पक्ष, हरेक शैली, गुणस्तर तथा मूल्यमा कुनै सम्झौता नगरी नयाँ मापदण्ड कायम गर्नेमा हामी विश्वस्त छौं ।’
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले भने, ‘हामी नेपाली ग्राहकका लागि एक्सयूभी थ्री–एक्स–ओ सार्वजनिक गर्न पाउँदा निकैउत्साहित छौं । यो यस्तो एसयूभी हो जसले डिजाइनमा कुनै सम्झौता नगरी सुरक्षामा उच्च मापदण्ड कायम गर्छ र सुविधाहरूले भरिपूर्ण रहेको छ ।
नेपाली उपभोक्ताहरूको रुचि परिष्कृत हुँदै आएको हामी महसुस गर्दछौं, जो मोडर्न डिजाइन, अत्याधुनिक प्रविधि र वास्तविक भ्यालु (मूल्य) को खोजिमा रहेका छन् । एक्सयूभी थ्री–एक्स–ओले यी सबै पक्ष तथा अरू धेरै पक्षमा धेरै विशेषता र सुविधा ‘डेलिभर’ गर्दछ ।
महिन्द्राका अत्याधुनिक र महत्त्वाकांक्षी प्रडक्ट नेपालमा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो र यो सार्वजनिकीकरणले त्यसलाई थप पुष्टि गर्दछ । एक्सयूभी थ्री–एक्स–ओ नयाँ पुस्ताका एसयूभी खरिदकर्ताहरूको मुख्य आकर्षण बन्नेमा हामी विश्वस्त छौं ।’
एक्सयूभी थ्री–एक्स–ओले स्पोर्टी र बोल्ड डिजाइन सहित एथलेटिक सिलुएट (बनोट) प्रस्तुत गर्छ ।अगाडि रहेको फ्रन्ट ग्रिल र अलग हेडलाइट डिजाइन यसको प्रमुख आकर्षणको बिन्दु बन्दछ । त्यसैगरी पछाडि फैलिएको ‘इन्फिनिटी एलईडी टेल ल्याम्प’, प्रिमियम लेदरेट सिटहरू, सौम्य इन्टेरियर र ‘प्यानोरामिक स्काइ रुफ’ ले यसलाई झ न्आकर्षक बनाउँछ ।
इन्टेरियरमा एक्सयूभी थ्री–एक्स–ओले कम्प्याक्ट एसयूभीको परिभाषा नै फेरिदिन्छ । १०.२५ इन्चको ‘ड्युअल हाइ–रिजोलुसन स्क्रिन’, हार्मन कार्डन अडियो सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो र ६५ वाटको यूएसबी–सी फास्ट चार्जर सहित विशेषता यसमा उपलब्ध छन् ।
विश्वस्तरको मापदण्ड पूरा गर्न डिजाइन, डेभलपमेन्ट तथा इन्जिनियरिङ गरिएको यो गाडीले ग्राहकका लागि उत्कृष्ट गुणस्तर र पर्फर्मेन्स सुनिश्चित गर्दछ । पर्फर्मेन्समा पनि उत्तिकै आकर्षक छ ।
महिन्द्राको एम–स्टालियन १.२ लिटर टर्बो–पेट्रोल इन्जिनबाट सञ्चालित एक्सयूभी थ्री–एक्स–ओले ८२ किलोवाट पावर र २०० न्युटन मिटर टर्क उत्पन्न गर्दछ जसले रेस्पोन्सिभ एक्सेलेरेसन र उच्च इन्धन कुशलता (फ्युल इफिसियन्सी) प्रदान गर्दछ ।
यो एसयूभी ६–स्पिड म्यानुअल वा टर्क–कन्भर्टर सहित एआईएसआईएन ६–स्पिड अटोमेटिक ट्रान्समिसनबीच रोज्न सकिने छ । यो एसयूभीले हरेक भूभागमा सहज, आरामदायी, रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ । ‘जिप, ज्याप, जुम’ आदि ड्राइभिङ मोडहरूले सहरी वा हाइवेका लामो यात्राहरूमा आराम तथा सहजता प्रदान गर्दछ ।
सुरक्षालाई पनि एक्सयूभी थ्री–एक्स–ओले उच्च प्राथमिकतामा राखेको छ । सबै भेरिएन्टमा ६ वटा एयरब्याग र ईएसपी स्ट्यान्डर्डमा उपलब्ध छन् । साथै, यसमा लेभल २ एडास, ब्लाइन्ड भ्यु मनिटर र ३६० डिग्री सराउन्ड भ्युक्यामरा जस्ता अत्याधुनिक सुरक्षात्मक विशेषता उपलब्ध छन् ।
प्रतिक्रिया 4