२० पुस, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–७ अर्घाखाँची जिप पार्क नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आइतबार बिहान करिब ९:४० बजे सार्वजनिक शौचालयको बाहिरी पेटीमा सुतिरहेको अवस्थामा अन्दाजी ४९ वर्षका पुर्सबहादुर विक मृत फेला परेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी गराएका थिए ।
मृतक पुर्सबहादुर सोही स्थान आदर्शचोक घर भई विगत १–२ वर्षदेखि मागी हिँडेर जीवन निर्वाह गर्दै आएका र प्रायः अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको जनाइएको छ ।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । हाल उनको मृत्युको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4