+
+
WC Series
जनकपुर बोल्ट्स 2025
44/0 (4.6)
VS
९० बलमा १३३ रन आवश्यक
चितवन राइनोज 2025
176/4 (20)
Shares

३ दिनदेखि गाडीसहित बेपत्ता व्यक्ति मृत फेला

रासस रासस
२०८२ मंसिर १६ गते १३:५१

६ मंसिर, कटारी । तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसीको शव उदयपुरको कटारी–१४ पाखेमारा भीरमा भेटिएको छ ।

इलाका प्रहरी कार्यालय कटारीकाअनुसार सोमबार साँझ सडकबाट तीन सय मिटर तल सुमो क्षतिग्रस्त रूपमा भेटिएको थियो । क्षतिग्रस्त सुमोसँगै केसीको शव भेटिएको हो । प्रहरीले मध्यराति नै भिरबाट शव निकालेर शव परीक्षणका लागि कटारी अस्पताल ल्याएको छ । ना १ ज ५८१२ नं को सुमो लिएर १३ मंसिरमा केसी उदयपुरको ताप्ली गाउँपालिका रुपाटार जान्छु भनी हिँडेका थिए ।

रुपाटारमा विवाहका लागि जन्ती जान रिजर्भ भएकाले केसी एक्लै सुमो लिएर निस्किएका थिए । शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा ‘इन्ट्री’ गरेर आएका केसी रातिदेखि सम्पर्कविहीन भएका थिए ।

कटारी–१४ घुर्मी नजिकसम्म आइपुगेको जानकारी गराएपछि उनी बेपत्ता भएको सिन्धुलीको दूधौलीमा रहेकी श्रीमती सुशीला कार्कीले बताइन् ।

फोन लाग्ने तर नउठ्ने भएपछि स्थानीय, प्रहरी लगायतले कटारी– १४ आसपासमा खोजी गरेका थिए । खोजीका क्रममा सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डको पाखेभीरमा शव फेला पारेका हुन् ।

केसी रातिको १२ बजेतिर दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीको छ । पाखेभीर आसपास गाउँ नभएको र अनकन्टार भीर भएकाले घटनाबारे कसैले पनि थाहा पाउन सकेका थिएनन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?