१५ मंसिर, काठमाडौं । चोरी र अभद्र व्यवहारको कसुरमा मुद्दा चलेका व्यक्ति रिभल्वरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ घर भइ काठमाडौं सोल्टीमोड बस्दै आएका ३० वर्षीय सन्तोष गुरुङ छन् । उनलाई प्रहरी वृत्त कालिमाटीको टोलीले सोल्टिमोडबाट पक्राउ गरेको हो ।
सोल्टिमोड रेडक्रस मार्गमा रहेको खाली जग्गाको झाडीमा प्लास्टिकले प्याक गरेर उनले लुकाएर हतियार रोखको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4