+
+
Shares

मादी नदीमा महिलाको शव फेला

अन्दाजी ४०/४५ वर्षीया महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

रासस रासस
२०८२ मंसिर २९ गते १३:०९

२९ मंसिर, तनहुँ । व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

पानीमा कोल्टो परेको अवस्थामा नामथर वतन नखुलेको महिलाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अन्दाजी ४०/४५ वर्षीया महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

स्थानीयवासीबाट खबर पाएलगत्तै प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको प्रहरीले घटनासम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?