+
+
Shares

मेस्सीको निजी विमानका ६ विशेषता, जसमा चढेर भारत आए

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १५:५९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लियोनल मेस्सी १४ वर्षपछि भारत आएका छन् र उनी डिसेम्बर १३ मा निजी विमानबाट कोलकातामा अवतरण गरेका थिए।
  • मेस्सीको भारत भ्रमणलाई \'गोट इन्डिया टूर २०२५\' नाम दिइएको छ र प्रशंसकहरूले उनलाई नजिकबाट हेर्न लालायित छन्।

अहिले भारतीय मिडियाहरूमा एउटा नाम सवर्त्र चर्चामा छ– लियोनल मेस्सी ।

स्वभाविक पनि हो, किनकि फुटबल दुनियाँकै महानमध्येका एक खेलाडी भारत आइपुगेका छन् । त्यो पनि १४ वर्षपछि । त्यसअघि उनी २०११ मा भेनेजुएलासँग भएको मैत्रीपूर्ण फुटबल खेल्न मेस्सी भारत आएका थिए । उक्त खेल कोकलतामा २ सेप्टेम्बरमा भएको थियो ।

तर यस पटकको भारत आगमन पहिलेको भन्दा बिल्कुलै फरक छ ।

मेस्सी डिसेम्बर १३ मा निजी बिमानबाट भारत आइपुगे । अमेरिकाको मायामीबाट उडान भरेका उनी दुबई ट्रान्जिट हुँदै डिसेम्बर १३ को राति साढे १ बजेतिर कोलकातामा अवतरण गरेका थिए ।

उनी आइपुग्नुअघि नै विमानस्थलबाहिर समर्थकको भीड लागेको थियो । उनलाई हेर्न पाइने अभिलाषामा त्यति राति जाडोको पर्वाह नगरी सयौं प्रशंसकहरू कुरिरहेका थिए । तीन दिनको भारत भ्रमणमा आएका उनी आज दोस्रो दिनको यात्रामा छन् ।

मेस्सीको भारत भ्रमणलाई ‘गोट इन्डिया टूर २०२५’ नाम दिइएको छ । गोट भनेको ‘ग्रेटेस्ट अफ अल टाइम’ हो । प्राय: प्रंशसकहरूले मेस्सीलाई यही उपनामले बोलाउँदै आइरहेका छन् । तर, शताब्दीकै महान् खेलाडी भारतमा आउनु निकै चासोको विषय बनेको छ । भारतमा उनलाई नजिकबाट एक झलक देख्न प्रशंसकहरू निकै लालायित छन् । उनलाई हेर्न नपाएको भन्दै शनिबार प्रशंसकहरूले स्टेडियम तोडफोड नै गरे ।

फुटबलका जादु कसरी आए ? कहाँ बसिरहेका छन् ? उनले यहाँ के-के गर्छन् ? यसबारे पनि उनका समर्थकमाझ जिज्ञासा र चर्चा छ । यससँगै उनी आएको विमानको बारेमा पनि चर्चा भइरहेको छ ।

कस्तो छ मेसीको निजी विमान ?

१.मेस्सी गल्फस्ट्रीम भी नामक निजी विमान आएका थिए । गल्फस्ट्रीम भी एक विलासी र उच्च गतिमा उड्ने विमान हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसको मूल्य १०० करोड भारुभन्दा बढी हो।

२.यसमा फुल बडी मसाज हुने खालका आरामदायी सिट छन् । स्रोतका अनुसार मेस्सीले यो जहाज सन् २०१८ मा किनेका थिए।

३.९४० किलोमिटर प्रतिघण्टाको गतिमा उडान भर्न सक्ने यो विमान ५१ हजार फिटसम्मको उचाइमा उड्न सक्छ।

४.रोल्स रोयस-बीआर ७१० मोडेलको डबल इन्जिनवाला यो विमानको लम्बाइ ९६.४२ फिट र उचाइ २५.८३ फिट छ । यो विमानमा करिब १५ देखि १९ जनासम्मले यात्रा गर्न सक्छन्।

५.यो विमान संसारका शक्तिशाली शासकहरू अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनको अफिसियल विमानभन्दा पनि छिटो उड्न सक्छ।

६.यो विमानको अर्को विशेषता भनेको एकै पटक लामो दूरीसम्म उड्न सक्ने क्षमता हो । यो एक पटकमा १२ हजार किलोमिटरको दूरीमा लागतार उड्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?