२८ मंसिर, काठमाडौं । अष्ट्रेलियाको बोन्डी बीचमा गोली चलेको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले बोन्डी बीचमा गोली चल्दा धेरै मानिसको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि मृतकको संख्या भने प्रहरीले सार्वजनिक गरेको छैन।
बीबीसीका अनुसार, प्रहरीका अनुसार दुई जनालाई नियन्त्रणमा लिइएको छ। समाचारअनुसार घटनामा दुई जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।
प्रहरीले एक्समा पोस्ट गर्दै भनेको छ, ुबोन्डी बीचमा दुई जनालाई प्रहरी हिरासतमा लिइएको छ। तर प्रहरी अपरेसन अझै जारी छ, त्यसैले सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान अनुरोध गरिन्छ। कृपया प्रहरीका सबै निर्देशन पालना गर्नुहोस्। प्रहरी घेरा ननाघ्नुहोस्।ु
अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन ९एबीसी० का अनुसार प्रहरीले ‘एक्टिभ शूटर’ सम्बन्धी सूचनामा अनुसन्धान गरिरहेको छ। सेभेन न्यूजको रिपोर्टअनुसार स्थानीय बासिन्दाले गोली चलेको आवाज सुनेको र सयौँ मानिसहरू बीचबाट भागिरहेको देखेको बताएका छन्।
प्रतिक्रिया 4